वीरगंमा नेकपा एमालेको पार्टी प्रवेश कार्य सम्पन्न

वीरगंमा , १७ माघ –

वीरगंज महानगरपालिका वडा नम्बर १२ मा शनिबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम मुर्लीस्थित मुर्ली पोखरी परिसरमा आयोजित थियो। कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख तथा जसपा केन्द्रका सदस्य नेक महमद अन्सारी, जसपा नेपालका जिल्ला सदस्य मदन साह कानु, मुस्तकीम हवारी लगायतका नेताहरूले एमाले रोजेका छन्।

नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार प्रदीप यादव, एमालेका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरका पूर्व मेयर विजय सरावगी लगायतले अबीरटी र गम्हाल लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार यादवले देशको विकास, सुशासन र समृद्धि सुनिश्चित गर्ने साझा लक्ष्यमा योगदान पुर्‍याउने दृष्टिले एमाले प्रवेश गरेका सबैको पार्टीले उच्च मूल्यांकन गर्ने बताए।

उनले सामूहिक प्रयास, एकता र दृढ संकल्पबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणमा अघि बढ्न प्रेरणा मिलेको पनि उल्लेख गरे।

कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, नेताहरू इश्वरचन्द्र यादव, लियाकत अली, मानदेव हजरा लगायतको पनि उपस्थिति थियो।

सम्बन्धित पोस्टहरुः