रास्वपा पर्सा – ३ का उम्मेदवार चौरसियाद्वारा निर्वाचन आचारसंहिता उलंघन

पर्सा , १७ माघ –

पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसियाले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोप लाग्दै आएको छ। चुनावी प्रचारअन्तर्गत बालबालिकालाई प्रयोग गरिएको भन्दै सम्बन्धित निकायले यसबारे गम्भीर ध्यान दिनुपर्ने माग उठाइएको छ।

आरोपअनुसार, चौरसियाले पोखरिया नगरपालिका–७ मा आयोजित घरदैलो अभियानमा भीड देखाउन बालबालिकालाई सहभागी गराएका थिए। निर्वाचन आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग पूर्ण रूपमा निषेध गरेको छ।

स्थानीय स्रोतका अनुसार निर्माण व्यवसायमा संलग्न चौरसियाले आर्थिक प्रभाव प्रयोग गरी रास्वपाबाट टिकट पाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको र स्थायी ठेगाना पर्सा–२ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१९ भए पनि पर्सा–३ बाट उम्मेदवारी दिएका हुन्।

यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका चौरसियाले पर्सा–२ का कांग्रेस उम्मेदवार अजय चौरसियालाई प्रत्यक्ष असर पर्ने देखिएपछि आफ्नो गृह क्षेत्र छाडेर पर्सा–३ रोजेको आरोप पनि स्थानीयस्तरमा देखिएको छ। स्थानीयहरूले पर्सा–३ मा उनको उल्लेखनीय सामाजिक योगदान वा लगानी कम रहेको र संगठन कमजोर भएकोले बालबालिकाको प्रयोग गरिएको आशंका गरेका छन्।

निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै सम्बन्धित निर्वाचन निकायले छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने माग उठाइएको छ।

सम्बन्धित पोस्टहरुः