असहाय विद्यार्थीलाई सघाउन चार लाखको अक्षयकोष स्थापना

तनहुँ, १७ माघः असहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ ।

शुक्रबार आयोजित विद्यालयको ९९औँ वार्षिक साधारणसभाले अक्षयकोष स्थापना गरेको हो । पूर्वसांसद रणेन्द्र बरालीले आफ्ना स्वर्गीय मातापिता झिमलाल र अमृता बरालीका नाममा प्रदान गर्नुभएको रु दुई लाखबाट अक्षयकोष स्थापना गरिएको हो ।

यसैगरी, स्वर्गीय बुद्धि श्रेष्ठ र पूर्णमान श्रेष्ठको सम्झनामा उहाँहरुका जेठा छोरा टङ्कनारायण श्रेष्ठले रु दुई लाख दुई हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । सोही विद्यालयका पूर्वविद्यार्थी डम्बर बरालीले रु ४० हजार बराबरको २० थान मेच खरिद गरिदिनुभएको छ ।

अर्का पूर्वविद्यार्थी नरजुन बरालीले बरालीले दलित तथा असहाय दुई जना छात्रछात्रालाई जनही रु १० हजार ५०० सहयोग प्रदान गर्नुभएको छ ।

सम्बन्धित पोस्टहरुः