वीरगंज , १७ माघ –
वीरगंज महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष उमाशंकर तिवारीले जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार एमालेले वडा नम्बर १८ मा आयोजना गरेको कार्यक्रममा २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित वडाध्यक्ष तिवारी दलबलसहित पार्टीमा प्रवेश गरे। त्यस्तै, सो वडाका अन्य वडा सदस्यहरू पनि एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई पर्सा–१ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादव, केन्द्रिय सदस्य तथा वीरगन्जका पूर्वमेयर विजय सरावगी लगायतले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै उम्मेदवार यादवले वडाध्यक्ष तिवारीसहितका जननिर्वाचित जनप्रतिनिधिको एमाले प्रवेशले पर्सा–१ को संगठनलाई मजबुत बनाएको र आगामी निर्वाचनमा यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे।








