वीरगंज , १८ माघ –
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुको चुनावी अभियानमा स्थानीय युवाहरूको समर्थन बढ्दै गएको छ।
वीरगंज महानगरपालिका–१ को छपक्कै टोलमा सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार कानुले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा युवाहरूले ‘हर–हर घण्टी’को नारा लगाउँदै उत्साहजनक सहभागिता जनाएका थिए।
युवा नेता सुधीर पटेलको सक्रियताले अभियानलाई थप बल पुगेको रास्वपाले जनाएको छ। पटेल घरदैलो, संगठन विस्तार र जनसम्पर्क अभियानमा अग्रणी रूपमा सक्रिय रहेका छन्।
स्थानीयका अनुसार ड्राइपोर्ट क्षेत्र, बहुदरमाई, पर्सागढी र बढेरवा क्षेत्रमा रास्वपाप्रति युवाको आकर्षण बढ्दै गएको छ। रास्वपाले पर्सा–२ मा युवाकेन्द्रित अभियानलाई निरन्तरता दिएको जनाएको छ।









