बालेनको चुनावी प्रचारमा हिडेका पत्रकार सिटौलाको निधन

वीरगंज , १८ माघ –

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको आज दिउँसो १२:४५ बजे ग्राण्डी अस्पतालमा निधन भएको छ।

अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी प्रचारमा सहभागी भइरहेका बेला सिटौलाले बेहोस भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो।

अस्पतालले जारी विज्ञप्तिमा जानकारी दिएको छ कि सिटौलामा सब–अरैक्नोइड हेमरेज भएको थियो। ४८ घण्टासम्म इन्टेन्सिभ केयरमा राखिए पनि न्यूरोलोजिकल अवस्थामा सुधार नभएपछि उनलाई १२:४५ बजे निधन भएको हो।

सम्बन्धित पोस्टहरुः