बहुदरमाईमा एमालेको भेला, पाण्डेको पक्षमा जनसमर्थन बढ्दै

बहुदरमाई , १८ माघ –

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेको अगुवा भेला र कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा एमालेप्रति जनआकर्षण अझ सुदृढ बनेको देखिएको छ।

कार्यक्रम नेकपा एमाले बहुदरमाई नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सल्लाहकार शिव पटेल, अखिल नेपाल पिछडावर्ग महासंघका अध्यक्ष तेजप्रकाश नेपाली निषाद, नगर उपप्रमुख सुष्मा कुशवाहा लगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरू उपस्थित थिए।

भेलामा वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र राष्ट्रवादी अडान घरघरमा पुर्‍याउन र एकताबद्ध रूपमा उम्मेदवार विजयी गराउन आह्वान गरेका थिए। मधेसमा फैलिएका भ्रम चिर्दै विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिनुपर्नेमा पनि जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि आफ्नो स्पष्ट भिजन प्रस्तुत गरे।

स्थानीयवासीका अनुसार बहुदरमाईसहितका विभिन्न स्थानमा भइरहेको घरदैलो र जनसहभागितासँगै रूपेश पाण्डेको पक्षमा जनलहर तीव्र बन्दै गएको छ। सो अवसरमा नेकपा एमालेले उम्मेदवार पाण्डेलाई गम्छा लगाएर स्वागत पनि गरेको थियो ।

सम्बन्धित पोस्टहरुः