नृसिंह माविका प्रअ कुर्मी त्रिजुद्ध माविमा हाजिर,नृसिंहमा प्रअ मिश्र आउदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १९ माघ –

वीरगंजस्थित नृसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेन्द्र कुर्मी सरुवा भई त्रिजुद्ध माध्यमिक विद्यालयमा हाजिर भएका छन् । नृसिंह माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी अब नविनकुमार मिश्रले सम्हाल्ने भएका छन् र उनी चाँडै विद्यालयमा हाजिर हुने बताइएको छ।

वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले हालै गरेको शिक्षक सरुवाअन्तर्गत ३० जना शिक्षकको सरुवा गरिएको थियो। सो सरुवामा केही विद्यालयका प्रधानाध्यापकसमेत रहेका थिए, जसअन्तर्गत कुर्मीको सरुवा त्रिजुद्धमा गरिएको हो।

विद्यालय स्रोतका अनुसार हरेन्द्र कुर्मीको अवकाश हुन अब करिब डेढ वर्ष बाँकी रहेको छ। साथै प्रअ मिस्रको सेवा अवधिको करिब पाँच वर्ष अझै बाँकी रहेको जानकारी पनि प्राप्त भएको छ।

यस सरुवापछि नृसिंह माध्यमिक विद्यालयमा नयाँ नेतृत्वले शैक्षिक गतिविधि र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः