वीरगंज , २० माघ –
नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर -१ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका प्रदिप यादवले पर्सा चार वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउने उद्घोष गरेका छन ।
वीरगंजको नगरसभा गृहमा प्रेस चौतारी पर्साको भेला आयोजना हुनु अगाडी बोल्दै पूर्व मन्त्रि समेत रहेका यादवले यस्तो बताए ।
उनले भने ‘ मेरो सम्बन्ध पर्साको हेरक कुनाकाप्चामा रहेको छ , पर्सालाई म राम्ररि चिनेको छु , अहिले पर्सा क्षेत्र नम्बर १ मा सक्रिय थिए अब चारवटै क्षेत्रमा चुनावी सभियाँ तिब्र पार्ने छु ‘ ।उनले अगाडी थोपे मसंगै पर्सा अन्य एमाले उम्मेदवारलाई जिताउन भूकिमा निर्वाह गर्ने छु ‘ ।
प्रेस चौतारीका पदाधिकारीहरुले साथ् दिए भने चारवटै क्षेत्रमा एमालेका उम्मेदवारलाई विजयी गराउन कुनै कसर बाकि नराख्ने समेत उनले बताए । अहिले फरक परिस्थितमा चुनाव भईराहेको र अहिले एमालेप्रति चौतर्फी आक्रमण भईराहेको हुदा भ्रम चिर्न प्रेस चौतारीका पदाधिकारी लाग्नुपर्नेमा उनले जोड दिए ।
उनले बिगतमा आफु अथवा एमाले पार्टी कार्यकर्ताबाट भएको कमीकमजोरीलाई बिर्सिदै राष्ट्र जोगाउन र संविधान जोगाउनका लागी एमालेलाई जसरी पनि हरेक ठाउँबाट जिताउन सबको सक्रिय भुकिका अपरिहार्य रहेको जिकिर गरे ।
प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्रको अध्यक्षता एवम उपाध्यक्ष राजेन्द्र सिंह राजपूतको सहजीकरणमा सम्पन्न भएको उक्त भेलामा पर्सा २ का एमाले उम्मेदवार रिमा यादव , ३ का उम्मेदवार रुपेश पाण्डे र ४ का उम्मेदवार जालिम मियाँ , पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा , प्रेस चौतारी मधेश प्रदेश अध्यक्ष लालबाबु सिंह लगायतले सम्बोधन गरेका थिए ।









