पर्साको छिपहरमाई–१ मा कांग्रेस उम्मेदवार रिजालको घरदैलो

पर्सा , २१ माघ –

छिपहरमाई गाउँपालिका वडा नं. १ अन्तर्गत मिर्जापुर र भालुवहियामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

पूर्वमन्त्री रिजालले प्रत्यक्ष संवादमार्फत स्थानीय समस्या सुनेर समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कांग्रेसको नीति, कार्यक्रम र विकास एजेन्डाबारे मतदातालाई जानकारी दिँदै “जनतासँगको प्रत्यक्ष संवाद नै परिवर्तनको बलियो आधार हो” भन्ने सन्देश दिए।

कार्यक्रममा पर्सा कांग्रेसका क्षेत्रीय नेता तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयवासीले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यमा प्रभावकारी र जवाफदेही प्रतिनिधित्वको आवश्यकता औंल्याएका छन्।

सम्बन्धित पोस्टहरुः