जयप्रकाश यादव जसपा नेपालमा प्रवेश, मधेश केन्द्रित राजनीति सशक्त बनाउने दाबी

वीरगंज , २१ माघ –

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य जयप्रकाश यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ बहुअरी निवासी यादवले औपचारिक रूपमा पार्टीमा आफ्नो आवद्धता जनाएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले अबिर, फूलमाला र गम्छा लगाएर उनलाई स्वागत गरेका थिए। त्यसैगरी वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल र पूर्व मन्त्री रेणु यादवले पनि जयप्रकाश यादवलाई शुभकामना व्यक्त गरे।

जसपा नेताहरूले यादवको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र मधेश केन्द्रित मुद्दामा उनको योगदानले पार्टीलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा पार्टीको विस्तार र मधेशीय जनताको प्रतिनिधित्व मजबुत बनाउने उद्देश्यमा उनी सक्रिय रहने बताइएको छ।

सम्बन्धित पोस्टहरुः