वीरगंज उद्योग वाणिज्य संघको टोली विराटनगरमा , उद्योगी समस्यामा साझा सहकार्यको प्रतिबद्धता

वीरगंज , २१ माघ –

वीरगंज उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल विराटनगर पुगेको छ। संघका उपाध्यक्ष मनोजकुमार दास र आशिष कुमार लाठा नेतृत्वको टोलीलाई मोरङ उद्योग व्यापार संघले स्वागत गरेको थियो।

बैठकमा दुई संघका उद्योगी तथा व्यवसायीले आपसी सहकार्य, अनुभव आदान–प्रदान र साझा चुनौतीहरू समाधान गर्ने विषयमा छलफल गरे। मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल शारडाले विराटनगर, वीरगंज, भैरहवा र नेपालगंज जस्ता प्रमुख आर्थिक क्षेत्रका उद्योगी व्यवसायीले अन्य स्थानको तुलनामा धेरै समस्या भोग्नु परेको उल्लेख गर्दै, सरकारसामु दबाब सिर्जना गरी समस्याको समाधान गर्नुपर्ने जोड दिएका थिए।

वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष दासले उद्योगी व्यवसायीको साझा हितमा सहकार्य गर्न संघ पूर्णतया प्रतिबद्ध रहेको बताए। बैठकमा सहभागी उद्योगी र प्रतिनिधिहरूले समस्याको समाधानका व्यावहारिक उपाय र भविष्यमा सहयोग बढाउने योजना बारे पनि विचार विमर्श गरेका थिए।

संगठनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, यस बैठकले उद्योगीबीच आपसी समन्वय बढाउने र साझा चुनौतीमा सहकार्यको नयाँ मार्ग तयार पार्ने काम गर्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पोस्टहरुः