चुनाव प्रचार –प्रसार गरेको आरोपमा प्रहरी हवल्दार पर्सा प्रहरीको नियन्त्रणमा

वीरगंज, २६ माघ –

सामाजिक सञ्जालमार्फत राजनीतिक दलको प्रचार–प्रसार गरेको आरोपमा पर्सा प्रहरीले एकजना प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानलाई सामाजिक सञ्जालमा प्रवर्द्धन गरेको पाइएपछि हवल्दार श्यामनारायण पटेललाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार पटेलले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार–प्रसार गर्दै आएका थिए, जुन प्रहरी आचरणविपरीत हुने भएकाले उनलाई नियन्त्रणमा लिएर आन्तरिक अनुसन्धान अघि बढाइएको छ।

प्रहरी ऐन तथा नियमावलीअनुसार कुनै पनि प्रहरी कर्मचारीले राजनीतिक दलको प्रचार गर्न पाउँदैन, र यस किसिमको गतिविधि आचरणविपरीत मानिन्छ।

सम्बन्धित पोस्टहरुः