वीरगंज २३ माघ । वीरगंज कपडा बैंकले शुक्रवार वीरगंजको घण्टाघरमा निश्शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रवार केहि नया र पुराना गरि करिब १ हजार थान कपडा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, सल्लाहकारहरू अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्याय, समाजसेवी वरूण चौरसियालगायतको सहभागीता रहेको थियो ।
प्रत्येक दिन आइतवार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगंज –८ बाट गरीब असहायलाई निशुल्क कपडा उपलब्ध गराउदै आएको बैंकका अध्यक्ष सिंहले जानकारी गराएका छन् ।








