शिक्षा नै समाज रूपान्तरणको मूल आधार-प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईराला

वीरगंज, २३ माघ । मधेश प्रदेश प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाले शिक्षा नै समाज रूपान्तरणको मूल आधार भएको बताउनुभएको छ ।

शुक्रवार ज्ञानदा एकेडमी वीरगंजको १२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहांले शिक्षासँगै नैतिकता, अनुशासन र सामाजिक जिम्मेवारी बोकेको सक्षम नागरिक उत्पादनमा महŒवपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति दृढ रहन र सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

एकेडमीका अध्यक्ष संदिप तुल्सयानले विद्यालय स्थापनादेखि हालसम्मको यात्रालाई स्मरण गर्दै अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीको निरन्तर सहयोगका कारण विद्यालय आजको अवस्थासम्म आइपुगेको बताउनुभयो । उहाँले आगामी दिनमा अझ गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कोईरालाले विद्यालयको शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप र भावी योजनावारे प्रकाश पार्दै शिक्षालाई केवल पाठ्यक्रममा सीमित नराखी व्यवहारिक, सिर्जनशील र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, शिक्षा इकाई समिति पर्साका सेक्सन अफिसर विद्यानन्द यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राहुल अग्रवाल लगायतले ज्ञानदा एकेडमीले निजी शिक्षा क्षेत्रमा पुर्रुयाएको योगदानको प्रशंसा गर्नुभयो ।

वार्षिकोत्सवमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक झाँकी तथा मनमोहक नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुतिले दर्शकहरूको मन जित्नुका साथै कार्यक्रममा उत्साह र रौनक थपिएको थियो ।

कार्यक्रममा शिक्षा, सामाजिक सेवा तथा विद्यालयमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

सम्बन्धित पोस्टहरुः