वीरगंज , २४ माघ –
बारा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ फत्तेपुरमा मतदाता भेटघाट गर्दै स्थानीय जेन–जी युवासँग संवाद गरेका छन्।
छलफलमा युवाहरूले रोजगारी, सीपमूलक तालिम, डिजिटल अवसर, गुणस्तरीय शिक्षा र स्थानीय सम्भावनाका विषय उठाएका थिए। उम्मेदवार साहले युवाको आवाज नीतिगत तहसम्म पु-याउने र विकास, पारदर्शिता तथा अवसर विस्तारमा केन्द्रित हुने प्रतिबद्धता जनाए।
सो अवसरमा रास्वपा वडा समिति पनि गठन भएको छ। ११ सदस्यीय समितिको अध्यक्षमा अजय चौधरी, उपाध्यक्षमा सिर्जना चौधरी, सचिवमा सुभाष चौधरी रहेका छन्। सदस्यमा रविन्द्र सहनी, किरण चौधरी, गजेन्द्र साह, प्रदीप चौधरी, राधेकृष्ण खाँ, सलेन्द्र चौधरी, जोगिन्द्र चमार र सन्जु चौधरी रहेका छन्।
उम्मेदवार साह र पार्टीका अन्य नेताहरूले नवगठित समितिलाई बधाई दिँदै संगठन विस्तार, युवालाई सक्रिय बनाउने र आगामी निर्वाचनमा रास्वपाको विजय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।









