वीरगंज २४ माघ । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार २२औं महिनाको चौथो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिवार सम्पन्न गरेको छ।
पछिल्लो २ वर्षदेखि प्रत्येक शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा,ईरिक्सा चालकहरू,यात्री बटुवाहरू लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको हो ।
भात, दाल, आलु चनाको तरकारी र हरियो खुर्सानीको अचार वृद्ध, महिला, बच्चाहरूलाइू बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा समाजका वीरेन्द्र आर्य, लालबाबु सिंह, निशान्त लाठ, हरेन्द्र महतो,राज महतोलगायतले सेवा प्रदान गरेका थिए ।
हरेक हप्ता करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवाबाट लाभ लिँदै आएको र दिन दुखी असहायको पेट भर्न र त्यसपछिको उनिहरूको अनुहारमा आएको हासी खुशी देखेर आफुहरू पनि खुशी हुने गरेको बताउदै आजको कार्यक्रममा नगद सहयोग सहित प्रत्यक्ष सेवा गरेका युवा समाजसेवी वरूण चौरसियालाइ धन्यवाद ब्यक्त गरेका थिए ।
सो अवसरमा युवा समाजसेवी वरूण चौरसियाले दिनदुखी असहायको सेवा सहयोग नै ठूलो धर्म र कर्म भएकोले नै यो नारायणी अस्पताल जस्तो अधिकान्श बिपन्न असहायहरूको उपचार स्थलमा घर जस्तै खाना निशुल्क रूपमा भोजन खुवाएको देख्दा आफू पनि थोरै भएपनी सहयोग गर्ने र सेवा गर्ने विचारले आज आएर सेवा गर्दा असाध्यै खुशी एवं गर्विलो लागेको बताउदै यो सुअभियानमा हातेमालो गरि मानवता बलियो बनाउन आग्रह गरे ।









