सप्तरी दुधैला खोलामा शङ्कास्पद वस्तु विस्फोट, चार बालक सामान्य घाइते

सप्तरी, २४ माघ –

रुपनी गाउँपालिका वडा नम्बर ६ दुधैला खोलामा शङ्कास्पद वस्तु विस्फोट हुँदा चार जना बालक सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार बालकहरू बनभोज खान गएका बेला खेलौना जस्तो देखिने वस्तु चुल्हो नजिक राख्दा अचानक विस्फोट भएको थियो। विस्फोटमा साजन आले मगरका ११ वर्षीय साहस, मनोज थापा मगरका ९ वर्षीय प्रशिस, कर्णबहादुर थापा मगरका १५ वर्षीय कविर र पदमबहादुर विकका १३ वर्षीय सुरज घाइते भएका हुन्।

घाइते चारै जनालाई छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिए । उनले घटनालाई चुनावसँग जोडिएको नभएको उल्लेख गर्दै थप अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित पोस्टहरुः