टी–२० विश्वकप : इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हार्‍याे

वीरगंज , २५ माघ –

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले इङ्ग्ल्यान्डसँगको खेलमा टस हारेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जितेर ब्याटिङ रोजेका छन्।

नेपाली टोलीमा शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन्। यस्तै, आरिफ शेख, लोकेश बम र नन्दन यादवले पनि पहिलो पटक टी–२० विश्वकपमा खेल्ने अवसर पाएका छन्।

नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ। प्रतियोगितामा २० टोली चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन्, त्यसपछि सेमिफाइनल र फाइनल खेल सञ्चालन हुनेछन्।

नेपाली टोलीमा स्थान पाएका खेलाडीहरू:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव, सन्दीप लामिछाने।

सम्बन्धित पोस्टहरुः