पर्सा , २५ माघ –
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू नियुक्त भएका छन्।
जिल्ला प्रशासन कार्यालय, पर्साले जारी सूचना अनुसार सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र प्र.को.नि. मनोज कुमार जोशीलाई आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन तथा उजुरी लिन जिम्मेवारी दिइएको छ।
सूचना अनुसार इच्छुक व्यक्तिले निर्वाचन आचारसंहिता २०८२ को अनुसूची–४ अनुसार उजुरी दर्ता गर्न सक्नेछन्। प्रशासनले नागरिकहरूको सक्रिय सहभागिता र निगरानीको आवश्यकता औँल्याउँदै निर्वाचनलाई मर्यादित बनाउन आह्वान गरेको छ।










