पासो लगाई झुन्डिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, २५ माघ । पासो लगाई झुन्डिएको अवस्थामा एकजना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ मौलाटाडी बस्ने इस्लाम मियाँँको छोरा वर्ष २५ का रोज मियाँँ दर्जी आइतवार आफ्नै घर नजिक रहेको सफेदाको रूखमा कालो र सेतो रंगको गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा स्थानीय व्यक्तिहरूले बिहान करिब ०७ः३० बजे देखेपछि प्रहरी चौकी रंगपुरटाडीमा जानकारी गराएको थियो ।

प्रहरी चौकी रंगपुरटाडीबाट प्र.स.नि. हर्क बहादुर श्रेष्ठको टोली तत्काल घटनास्थलमा खटेको थियो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्साबाट प्र.नि. समुन्नत अधिकारीको कमाण्डमा सोको सहितको टोली खटिई आवश्यक कानुनी कार्य पुरा गरि शव पोष्टमार्टमको लागि नारायणी अस्पताल पठाइएको जिप्रका, पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः