मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौँ, २५ माघ: मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा हुनुभएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईं हाजिरी जमानीमा रिहा हुनुभएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिनुभयो ।
शुक्रबार काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईंलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।
सम्बन्धित पोस्टहरुः