बारामा रास्वपाका उम्मेदवार साहको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार ईन्जिनियर अरविन्द साहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदाताको घरदैलोमा पुगिरहेका छन्। सोमबार बिहानै कलैया उपमहानगरपालिका वडा नं. १८ मंगढवामा पुगेका साहले स्थानीय बासिन्दासँग भेटघाट गरी आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

उनी मतदातासँग संवाद गर्दै भन्छन्, “म पेशाले इन्जिनियर हुँ, तपाईँहरुकै गाउँघरको र तपाईँहरुकै छोरा हुँ। मलाई यसपाली साथ दिनुहोला, म पनि यस ठाउँको विकासका लागि सधैं तपाईँहरुसँगै हुनेछु।”

साहले आफ्नो अभियानमा जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभा सदस्यको कार्यक्षेत्रभित्र पर्ने नीतिगत र पूर्वाधारसम्बन्धी समस्याहरू समाधान, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण र युवाका लागि रोजगारी सिर्जना गर्ने योजनामा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलोका क्रममा मतदातासँग सुझाव संकलन गर्ने र त्यही आधारमा नीति निर्माणमा आवाज उठाउने आफ्नो कार्यशैली रहेको उनले बताए।

सम्बन्धित पोस्टहरुः