रास्वपा पर्सा–१ का उम्मेदवार पन्तद्वारा इनर्वामा घरदैंलो, सयौंको पार्टी प्रवेश

वीरगंज, २६ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले गरेको  इनरूवाको घरदैंलो कार्यक्रममा इनरूवावासीको भीड उर्लिएको छ ।

आज पन्तले इनर्वामा गरेको घरदैलो र मतदाता भेटघाट कार्यक्रममा इनरूवाबासीको भीड उर्लिएको हो ।

घरदैलो  कार्यक्रममा त्यहाँको स्थानीयले आफ्ना विभिन्न समस्याहरू पन्त समक्ष राखेका थिए । घरदैलो गर्नु अघि इनरूवामा कोणसभा पनि आयोजना गरिएको थियो । कोण सभामा सयौं इनर्वाबासी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका थिए ।  कोणसभा विजय साहको सभापतित्वमा सप्पन्न भएको थियोे ।

सभाले बिजय साहको अध्यक्ष्यतामा  २१ सदस्यीय समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा राजु प्रसाद यादव सचिवमा सन्तोष पटेल सहसचिवमा अजय कुमार महतो, पृतम कुमार महतो र सदस्यहरूमा जटाशंकर  पन्डित, रोमन पटेल, मोहन यादब, वीरेन्द्र प्रसाद यादव, अवधेश राम सद्दाम हुसेन,  रन्जित यादव, बिजय होदा बनिया, दिलिप यादव, राम्सुरै महतो, स्माइल मियाँ, अरून यादब, राजन यादज, नितेश बानिय,शिबनाथ प्रसाद यादब, झोटी यादब, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, पर्मा यादब र  रामायण दास  रहेका छन । बिजय साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्तोष पटेलले स्वागत भासण गरेका थिए भने कार्यक्रमको  सहजीकरण अमन आलमले गरेका थिए । कार्यक्रममा उक्त वाडाका सभापति रमेश चौरसिया लगायतका नेता कार्यकर्ताहरूको उपस्तिथि थियो ।

सम्बन्धित पोस्टहरुः