वीरगंज, २७ माघ । वीरगंज–३२ टेढास्थित मनमिश्रा आधारभूत विद्यालयलाई उपकार सेवा नेपालले कार्पेट सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत ९८ जना बालविकास तहका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षाकोठामा बस्ने सुविधाका लागि कार्पेट हस्तान्तरण गरिएको हो ।
भुइँमै बसेर अध्ययन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै विद्यालयका दुर्ई वटा कक्षाकोठाको भुइँमा ६३० स्क्वायर फिट क्षेत्रफल बराबरका कार्पेट ओछ्याइएका हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालका अध्यक्ष बिद्या कुमारी सरावगी, संरक्षक पदमा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको सहभागिता थियो ।








