पोखरिया , २७ माघ –
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डे चुनावी मैदानमा स्पष्ट एजेन्डा र विकासमुखी दृष्टिकोण लिएर उत्रिएका छन्। “सुशासन र विकास, एमालेको पहिचान” भन्ने नारा अब केवल भाषण नभई जनअपेक्षाको वास्तविक प्रतिबिम्ब बनेको स्थानीय मतदाताले बताइरहेका छन्।
लामो समयको अस्थिरता, अवसरवाद र खोक्रा भाषणले थाकेका मतदाता अब प्रत्यक्ष परिणाम खोजिरहेका छन्। यही चाहनालाई बुझेर पाण्डेले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय विकास, युवा रोजगारी, पूर्वाधार विस्तार र दैनिक समस्यामा सक्रिय हस्तक्षेपको प्रतिबद्धता दोहोर्याएका छन्।
उनको निरन्तर घरदैलो र मतदाता भेटघाट कार्यक्रमले जनसहभागिता र उत्साह बढाएको छ। गाउँ–टोल–बस्तीमा पुग्दा जनताले एउटै प्रतिक्रिया दिएका छन्—“पर्सा–३ मा रुपेश पाण्डेको विकल्प छैन।”
बिपक्षीहरू आत्तिए पनि षड्यन्त्र जनताको विवेकले असफल बनेको र पाण्डे सुशासन र विकासको बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको देखिन्छ।









