वीरगंज, २७ माघ –
नेपाल विद्युत् प्राधिकरण, वीरगंज वितरण केन्द्रले ११ केभी र ६६ केभी प्रसारण लाइनको अपग्रेड तथा मर्मतसम्भारका कारण अझै केही दिन वीरगंज महानगर र आसपासका क्षेत्रमा विद्युत् नियमित नहुने जनाएको छ।
वितरण केन्द्रका प्रमुख विजय महतोका अनुसार, नौतनमा निर्माण भएको ६६ केभी लाइनलाई वीरगंज वितरण केन्द्रसँग जोड्ने कार्य भइरहेकाले लाइन नियमित सञ्चालनमा नभएको हो। साथै सबस्टेशन र कन्ट्रोल प्यानलमा अपग्रेड तथा मर्मतसम्भारको काम जारी रहेकाले आगामी दुई–तीन दिनसम्म विद्युत् आपूर्ति अस्थायी रूपमा प्रभावित हुने जनाइएको छ।









