रास्वपाका घरदैलो कार्यक्रममा उर्लियो नगवावासी

वीरगंज, २७ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीको नगवा घरदैलोमा नगवाबासीले अपार सहभागीता जनाएका छन् ।

आज सम्पन्न रास्वपाको नगवा घरदैलोमा त्यहाँका स्थानीयहरूले उल्लेख्य सहभागीता जनाएर रास्वपाका पर्सा १ का उम्मेदवार हरि पन्तलाइ साथ दिएका हुन ।

घरदैलोको क्रममा रास्वपा पर्सा सभापति एवं क्षेत्र १ का उम्मेदवार हरि पन्तले रास्वपाको जित नै समग्र मुलुकको जीत भएकोले यसपाली नगवाबासीले मत  परिवर्तन गर्नेमा आफू ढुक्क रहेका बताएका थिए ।

घरदैलोमा नगवावासीको  अभूतपूर्ब साथले आफ्नु जित सुनिश्चित गराएको समेत उनले बताए ।

घरदैलोमा रास्वपाका पर्सा उपसभापती तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, कोषाध्यक्ष दिलिप कुर्मी, महानगर सभापति अमन आलम, सचिब गौतम श्रेष्ठ, सन्दिप कुशवाहा, विशाल सिंह, माइकल सापकोटा लगायतको सहभागीता थियो ।

सम्बन्धित पोस्टहरुः