वीरगंज महानगर–२८ लालपर्सास्थित न्यौपाने समूहको सर्वाेत्तम स्टीलमा सोमवार फलाम गलाउने भट्टी विष्फोट भएको छ ।
दिउँसो साढे ३ बजे कबाडका फलामहरू गलाएर टङ्कीमा खन्याउने क्रममा भट्टी विष्फोट भएको तर कुनै मानवीय क्षति भने नभएको कारखानाले जनाएको छ ।
भट्टी विष्फोटबाट कारखानालाई लाखौं मूल्यबराबरको क्षति पुगेको बताइएको छ ।









