अपग्रेडको कामले विद्युत् अनियमित

नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले ११ केभी र ६६ केभी प्रसारण लाइनको काम चलिरहेकाले अझै केही दिन विद्युत् नियमित नहुने जनाएको छ ।

आइतवारदेखि वीरगंज महानगर र आसपासका क्षेत्रमा विद्युत् नियमित नरहेको र अझै केही दिन यो कार्य जारी रहने नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख विजय महतोले बताए ।

उनले वीरगंज वितरण केन्द्रमा रहेको ११ केभी र ६६ केभी लाइनको अपग्रेड गर्ने काम भइरहेको र नौतनमा निर्माण भएको ६६ केभी लाइनबाट वीरगंज वितरण केन्द्रसँग जोड्ने कार्य भइरहेकाले विद्युत् लाइन नियमित हुन नसकेको बताए ।

यसैगरी, सबस्टेशन र कन्ट्रोल प्यानलको पनि मर्मतसम्भार र अपग्रेडका कामहरू जारी रहेकाले अझै दुई/तीन दिनसम्म विद्युत् सप्लाईमा समस्या भइरहने प्रमुख महतोले बताए ।

सम्बन्धित पोस्टहरुः