वीरगंज, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी , क्षेत्र नम्बर १ का उम्मेदवार हरिपन्तले चुनावी प्रचारअन्तर्गत विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
यसै क्रममा उनले आज क्षेत्रको सुखचैनामा भेटघाट तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा स्थानीय मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने जनताले उम्मेदवारप्रति उत्साहजनक समर्थन जनाएका छन्।
त्यसैबीच, काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहको वीरगञ्ज आगमनको समय नजिकिँदै गएको चर्चा पनि स्थानीय उत्साह बढ्दै गएको छ। बालेन वीरगञ्जतर्फ आउने तयारीमा रहेको जानकारीसँगै राजनीतिक माहोल , थप चासोपूर्ण बनेको छ।
हरिपन्तले आगामी दिनमा पनि अन्य वडाहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।








