बारा । बारा जिल्लाको पर्सौनी गाउँपालिका वडा नम्बर ५ प्रष्टोकामा नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठ घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन्। प्रष्टोका टोल–टोलमा गरिएको घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
घरदैलोका क्रममा किसान श्रेष्ठले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको सेवामा सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। उनले क्षेत्रका हरेक समस्या समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाउने बताए।
स्थानीय नेता नारायण शाहले क्षेत्र नम्बर ४ मा किसान श्रेष्ठजस्तै जनताको कुरा मजबुत रूपमा उठाउने नेता अरू कोही नभएको बताए। घरदैलो कार्यक्रममा स्थानीयहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका विषयमा आफ्ना माग राखेका थिए।
प्रष्टोकामा देखिएको जनसमर्थनले किसान श्रेष्ठको चुनावी अभियान थप बलियो बन्दै गएको संकेत गरेको छ।








