बैंकिङ कसूर तथा लागूऔषध गाँजा तथा चरेश मुद्दाका फरार दुईजना पक्राउ

वीरगंज, २८ माघ । बैंकिङ कसूर तथा लागूऔषध गाँजा तथा चरेश मुद्दाका फरार दुईजना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।

अदालतले बैंकिङ कसूर मुद्दामा रू.१५ लाख ७२ हजार जरिवाना र ३ दिन कैद जरिवाना तोकेपछि फरार रहेका चितवन भरतपुर म.न.पा. वडा नं. २५ बस्ने वर्ष ३६ को अपिल बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लागु औषध मुद्दामा १ वर्ष ६ महिना कैद तोकिएपछि फरार भएका पर्सा कालिकामाई गाउँँपालिका वडा नं. ३ हरिहरपुर बस्ने वर्ष ४५ को ललन पासवानलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।

प्रमिला गिरीको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी जिल्ला चितवन साबिक गाबिस शुक्रनगर वडा नं. ०२ हाल भरतपुर महानगरपालिका वडा नं. २५ बस्ने अपिल बराल भएको बैंकिङ कसूर (०८०–८१–०४२८) (रू.१५,७२,०००।–जरिवाना र ३ दिन कैद) मुद्दाको वारदात पश्चात फरार रहेका निज प्रतिवादी मिति २०८२।१०।२८ गते  ०६ः३० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं. ०९ बसपार्क स्थितबाट जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोलीले पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरी प्रतिवेदनको जाहेरी वादी नेपाल सरकार प्रतिवादी जिल्ला पर्सा कालिकामाई गाउँँपालिका वडा नं.३ हरिहरपुर बस्ने ललन पासवानलाई पर्सा जिल्ला अदालतबाट मिति २०७९।०७।२२ गतेको फैसलाले लागु औषध गाँजा तथा चरेश (मुदा नं.०७७–१–०३३३) मा १ वर्ष ६ महिना कैद तोकिएका प्रतिवादीलाई मिति २०८२।१०।२७ गते राति ७ः३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.६ स्थित सडकखण्डबाट जिप्रका, पर्साको फैसला कार्यन्वयन टोलीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिप्रका, पर्साले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः