जितपुरसिमरा–९ छतापिपरामा एमालेको निर्वाचन परिचालन कार्यालय उद्घाटन

बारा , २९ माघ –
.
बारा क्षेत्र नं. ४ अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–९, छतापिपरामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ।

“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” भन्ने नारासहित सञ्चालनमा ल्याइएको कार्यालय प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) को चुनावी अभियानलाई केन्द्रित रहने जनाइएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र उम्मेदवार श्रेष्ठको विकासमुखी एजेण्डालाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन कार्यालय स्थापना गरिएको बताए।

उम्मेदवार कृष्णकुमार श्रेष्ठले आफू जनताको सेवकका रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा व्यक्त गरे। जनताको विश्वास र साथबाट मात्र समृद्ध क्षेत्र निर्माण सम्भव हुने उनले बताए।

कार्यालयमार्फत घरदैलो, जनभेटघाट, मतदाता शिक्षा, प्रचार–प्रसार तथा संगठन विस्तारका कार्यक्रमलाई तीव्रता दिइने एमालेले जनाएको छ। बारा क्षेत्र नं. ४ मा चुनावी गतिविधिलाई सशक्त बनाउँदै जनसमर्थन विस्तार गर्ने लक्ष्यका साथ यस्ता कार्यालयहरू स्थापना गरिएको पार्टीको भनाइ छ।

सम्बन्धित पोस्टहरुः