नेपाल आज इटलीसँग भिड्दै, १२ वर्षपछि विश्वकप जितको खोजी

वीरगंज , २८ माघ –

आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ मा नेपालले बिहीबार इटलीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वाङ्खडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा नेपाल १२ वर्षपछि विश्वकपमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।

इटली पहिलोपटक टी–२० विश्वकप खेल्दैछ। युरोपियन छनोट पार गरेर आएको इटली आईसीसी टी–२०आई वरियतामा २७औँ स्थानमा छ। नेपाल र इटलीबीच टी–२०आईमा यो पहिलो भेट हुनेछ। सन् २०१३ मा डिभिजन–३ अन्तर्गत ५० ओभरको खेलमा नेपालले इटलीलाई पराजित गरेको थियो।

नेपालले पहिलो खेलकै टोलीलाई निरन्तरता दिने सम्भावना देखिएको छ। कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीसहितको ब्याटिङ लाइनअपमा विश्वास कायम राख्दै बलिङमा सन्दीप लामिछाने र नन्दन यादव मुख्य हतियार रहनेछन्।

इटलीका कप्तान वायन म्याड्सेन घाइते रहेकाले खेल्ने छैनन्। जेजे स्मट्स, जस्टिन मोस्का र बेन मानेन्ती इटलीका प्रमुख खेलाडीका रूपमा रहनेछन्। मौसम सफा रहने र डिउको प्रभाव कम रहने अनुमान गरिएको छ।

सम्बन्धित पोस्टहरुः