वीरगंज , २९ माघ –
कपिलवस्तु जिल्ला संगठन प्रमुख रास्वपा भट्टराई पक्राउ परेका छन्।
प्रहरीका अनुसार बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी रिखीराम भट्टराईले गत माघ २६ गते सामाजिक सञ्जाल फेसबुकमा अनुसन्धान सम्बन्धी बैंक कागजात सार्वजनिक गरेका थिए। उजुरी परेपछि उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले भट्टराईमाथि सामाजिक सञ्जालमार्फत घृणा फैलाउने र गोपनीयता उल्लङ्घन गरेको आरोप लागेको बताउँदै विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।








