पर्सा, २९ माघ –
ताजपुरका चोक–चौतारीहरूमा घण्टी चिन्ह बनाएर रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तलाई स्थानीयले स्वागत गरेका छन् ।
आज पन्तले ताजपुरमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा भाग लिँदै प्रत्यक्ष संवाद गरे। स्थानीयहरूले रङ्गीन घण्टी चिन्ह बनाएर उनलाई स्वागत गरेका थिए ।
कार्यक्रममा मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चिन्हमार्फत मुलुकमा परिवर्तन ल्याउनेमा आफूहरू विश्वास व्यक्त गर्दै यसपटक त्यसैमा मतदान गर्ने बताए ।
पन्तले पनि रास्वपाको जित समग्र मुलुकको प्रगतिको संकेत भएको भन्दै सबै मतदातालाई समर्थन गर्न अपिल गरे । घरदैलोमा स्थानीयहरूको उत्साही सहभागिता देखिएको थियो ।








