नेपालबाट तीन महिनामा टिकटकले हटायो २८ लाख भिडिओ

वीरगंज ,२९ माघ –

सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को तेस्रो त्रैमासिकमा नेपालबाट प्रेषित २८ लाख भिडिओ मापदण्डविपरीत रहेको भन्दै हटाएको छ । बीबीसीका अनुसार हटाइएका भिडिओमध्ये अधिकांश ‘प्रोएक्टिभ रिमुभल’ मार्फत हटाइएका थिए भने २४ घण्टाभित्र हटाइने अनुपात ९८ प्रतिशत रहेको थियो ।

टिकटकले संवेदनशील, वयस्क, गोपनीयता उल्लङ्घन, सुरक्षा वा शिष्टता विपरीत, मानसिक स्वास्थ्य हानिकारक, मिथ्या सूचना वा एआई–सिर्जित सामग्री भएका भिडिओहरू हटाउने गरेको बताइएको छ ।

रिपोर्ट अनुसार नेपालमा हटाइएका भिडिओको संख्या सन् २०२५ को दोस्रो त्रैमासिकको तुलनामा ३२ प्रतिशत बढी देखिएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले अधिकांश हटाइएका भिडिओहरू ‘अटोमेटेड डिटेक्शन सिस्टम’ मार्फत पत्ता लगाएको जनाएको छ ।

सम्बन्धित पोस्टहरुः