प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौरसियाको सतवरियामा चुनावी घरदैलो

वीरगंज , १ फागुन –

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमाकान्त चौरसियाले पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया गाउँमा चुनावी घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

चौरसियाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक प्रतिबद्धता प्रस्तुत गरेका छन् र फागुन २१ गते हुने निर्वाचनमा आफूलाई मत दिएर विजयी बनाउन आग्रह गरेका छन्। कार्यक्रममा स्थानीय नागरिकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

चौरसियाले क्षेत्रको समग्र विकास, रोजगारीका अवसर र सामाजिक सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मतदातालाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय रहन र सचेत मतदान गर्न पनि जोड दिएका छन्।

सम्बन्धित पोस्टहरुः