प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवको भिष्वामा चुनावी घरदैलो

वीरगंज , १ फागुन –

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपालबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार रामनरेश यादवले आज वीरगंज महानगरपालिका–१५ भिष्वामा चुनावी घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।

कार्यक्रमका क्रममा यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै फागुन २१ को निर्वाचनमा आफूलाई विजयी बनाउन आग्रह गरेका छन् । उनले आफ्नो राजनीतिक लडाई मधेसको अधिकार र क्षेत्रको समग्र विकासका लागि रहेको स्पष्ट पारेका छन् ।

सम्बन्धित पोस्टहरुः