सरार्फद्वारा घरदैलो, कृषी औजार कारखाना सञ्चालनमा प्रतिबद्धता

वीरगंज , २ फागुन –

पर्सा–१ का जनमत पार्टी उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज–१४ पिप्रामा घरदैलो, मतदाता भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरेका छन्। उनले तराई–मधेसको मुख्य आयश्रोत कृषि रहेको उल्लेख गर्दै किसानहरूको अधिकार र सम्मानको पक्षमा सदैव काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार सरार्फले कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै आम्दानीको स्रोत बढाउने योजना र वीरगञ्जस्थित कृषी औजार कारखानालाई पूर्ण रूपमा सञ्चालनमा राख्ने प्रतिवद्धता दोहोर्‍याए। उनले देश र मधेसको निकासको लागि हर्न छापमा मतदान गर्न जनतालाई अपिल पनि गरेका छन्।

कार्यक्रममा नेताहरू विध्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार बिजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सि राम, सहनवाज राकि, अजित सिह, मन्जय शर्मा, सुमित सिह, रामबहादुर पासवान लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः