पर्सा–२ मा रास्वपाका सुशील साह कानुको घरदैलो

वीरगंज , २ फागुन –

पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा उम्मेदवार सुशील साह कानुलाई वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीमा स्थानीयवासीले स्वागत गरेका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा पुगेका उनलाई टोलवासी र कार्यकर्ताले फूलमाला र नारासहित स्वागत गरेका थिए।

घरदैलो अभियानमा साहले स्थानीयसँग संवाद गर्दै सडक, ढल निकास, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जानकारी लिएका थिए। उनले पारदर्शिता, सुशासन र दिगो विकासलाई प्राथमिकतामा राख्दै आधारभूत सेवा सुधार र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय तथा पार्टी कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः