वीरगंज, २ फागुन । सबैया साझेदारी वन उपभोक्ता समूहको आज सम्पन्न खुल्ला र मधेसी तर्फको सदस्य हरूको निर्वाचन आज सम्पन्न भएको छ ।
खुल्ला तर्फको सात सदस्य र मधेसीतर्फ एक सदस्यको लागि आज निर्वाचन भएको हो ।
आज भएको निर्बाचनमा खुल्ला तर्फको सदस्यमा जगत नारायण यादब ८१ मत, भैयाराम प्रसाद ७२ मत, रामअयोध्या राउत अहिर ६३ मत, श्रवण साह ४९ मत,राजिव कुमार सोनार ४९ मत, सुरेश कुमार ४१ मत, सुरज कुमार कुर्मी ४१ मत प्राप्त गरि विजयी भएका छन भने मधेशीतर्फ मणिभुषण तिवारीले १२६ मत ल्याई विजयी भएको निर्बाचन अधिकृत रामनारायण कुर्मीले जानकारि दिए।
खुल्ला सदस्य तर्फ सात सदस्यको लागि चालिस जनाको उम्मेदवारी परेको थियो भने मधेशी सदस्य तर्फबाट एक सदस्यको लागि दुर्ई जनाको उम्मेदवारी परेको थियो ।
दलित, आदिवासी जनजाति र महिला तर्फका उम्मेदवारहरूबीच यस अघिनै सहमतिमा गोला प्रथा अपनाइएको थियो।
तर खुल्ला र मधेसी सदस्यको लागि पनि गोला प्रथा गर्न खोज्दा एक समूहले होहल्ला गरि विवाद गर्दा स्थगित गरि आज निर्बाचन गरिएको हो ।
यस अघि सर्बसम्मत बाट अध्यक्षमा लखनलाल साह, उपाध्यक्षमा असलम आलम, सदस्यमा शेषनेसार अहमद र गोला तर्फबाट महिला तर्फ सखिना अन्सारी,गिता देबि, रिनादेबि कलवार आदिबासी जनजाती तर्फ राधिका भक्त लामा र दलिततर्फ प्रिंयका माझी निर्बाचित भईसकेका छन ।
आज भएको निर्बाचन संगै सबैया साझेदारि बन उपभोक्ता समुहको कार्यसमितिले पुर्णता पाएको डिविजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत मन्जुर अहमदले बताए ।








