सुखचैनामा निःशुल्क आँखा शिविर सम्पन्न

वीरगंज, २ फागुन । वीरगंज–१८ सुखचैना गाउंवासीको आयोजनामा गीता गजेन्द्र राज जोशी माविमा आज निःशुल्क आंखा शिविर सम्पन्न भएको छ ।

केडिया आंखा अस्पताल परवानीपुरको संयोजनमा सम्पन्न शिविरमा ३०० जनाको आंखा परीक्षण गर्दा १०० जनामा मोतियाबिन्दूको संक्रमण देखिएपछि उनीहरुको निःशुल्क शल्यक्रिया गरिने भएको छ ।

नेत्र विशेषज्ञ कौशलकुमार कर्णको नेतृत्वमा सतिश यादव, अम्बिका साह, राजेश यादव, परशुराम ठाकुर लगायतले शिविरमा आंखा परीक्षण गरेका थिए ।

सम्बन्धित पोस्टहरुः