परवानीपुरमा चैनपुर प्रिमियर लिग शुरु,उदघाटन खेलमा शिवपुरी टाइगर विजयी

वीरगंज, २ फागुन ।
बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा आजदेखि तेस्रो संस्करणको चैनपुर प्रिमियर लिग आजदेखि शुरु भएको छ ।
प्रतियोगितको उदघाटन गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले उदघाटन गरेका थिए । सो अवसरमा गापाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, वडाध्यक्ष गम्भीरा पटेललगायतको सहभागित थियो ।
उदघाटन खेलमा शिवपुर टाइगर र बिर्ता राइडरबीच भएको थियो ।
शिवपुर टाइगरले टस जितेर बलिंग रोजेको थियो । बिर्ता राइडले १३.५ ओभर खेल्दै १० विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।
प्रतिउत्तरमा शिवपुरी टाइगरले १२.३ ओभरमा ४ विकेटको क्षतिमा ११९ रन बनाउँदै प्रतियोगितामा विजयी हासिल गरेको थियो । यस प्रतियोगिताको म्यान अफ दि म्याच नारायण पटेल घोषित भएका छन् ।
यसैगरी दोस्रो खेल रोयल च्यालेन्जर चैनपुर र चैनपुर इगलबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर चैनपुर इगलले बलिंग रोजेको थियो ।
पहिलो इनिङमा रोयल च्यालेन्जरले १६ ओभर खेल्दै ५ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।
प्रतिउत्तरमा चैनपुर इगलले १३ ओभरमा अलआउट हुंदै ९७ रन मात्र बनाउन सक्यो ।
प्रतियोगिताको म्यान अफ दि म्याच आयुष महतो घोषित भए ।

सम्बन्धित पोस्टहरुः