वीरगंज , ३ माघ –
आम जनता पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इस्तखार ले आज देवरिया र एकडेरवामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै रोजगारी सिर्जना, विकास र आधारभूत सेवामा सुधार आफ्नो प्रमुख एजेन्डा रहेको बताए। आसन्न फागुन २१ गतेको निर्वाचनमा मोबाइल चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन उनले मतदातासँग आग्रह गरे।
स्थानीयवासीसँग संवाद गर्दै इस्तखारले युवाको नेतृत्व, पारदर्शी राजनीति र परिणाममुखी काममार्फत क्षेत्रको समग्र विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।


















