पर्सा–१ मा जेन्जि युवाहरु जनमत पार्टीमा प्रवेश

वीरगंज , ३ फागुन –

पर्सा क्षेत्र नम्बर–१ का विभिन्न वडाका दुइ दर्जन जेन्जि पुस्ताका युवाहरु आज जनमत पार्टीमा प्रवेश गरेका छन्।

वीरगंज–२० का शत्रुधन यादव र वीरगन्ज–१३ का प्रन्जल ठाकुरको नेतृत्वमा स्वस्फूर्त रूपमा प्रवेश गरेका यी युवाहरू क्षेत्र नम्बर–१ मा हरन छापलाई विजयी बनाउन प्रतिबद्ध भएका छन्।

नवप्रवेशी युवाहरूलाई जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फ, नेताहरु रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, युवा महानगर अध्यक्ष अजित सिह लगायतले स्वागत गरेका छन्।

सम्बन्धित पोस्टहरुः