एमालेको घरदैलो जितपुर सिमरामा सुरु, उम्मेदवार श्रेष्ठद्वारा विकास एजेन्डा प्रस्तुत

बारा , ४ फागुन —

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले जितपुर सिमरा उपमहानगरपालिका–२३ बाट घरदैलो कार्यक्रम सुरु गरेको छ।

बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्राथमिक एजेन्डा सार्वजनिक गरेका हुन्।

घरदैलो क्रममा उम्मेदवार श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, कृषि र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीयले आफ्ना गुनासा र सुझाव राख्दै सक्रिय सहभागिता जनाएका थिए।

स्थानीय नेता–कार्यकर्ताको उपस्थितिमा सम्पन्न कार्यक्रमले क्षेत्रमा चुनावी माहोल थप उत्साहजनक बनेको एमालेले जनाएको छ।

सम्बन्धित पोस्टहरुः