एमालेको चुनावी सम्पर्क कार्यालय नगवामा सञ्चालन

वीरगंज , ४ फागुन —

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा चुनावी प्रचार–प्रसार तथा जनसम्पर्क विस्तारका लागि नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालयको उद्घाटन पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव ले रिबन काटेर गरेका हुन्।

उद्घाटन कार्यक्रममा यादवले वडा तहबाटै जनसम्पर्क सुदृढ गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले वीरगञ्जलाई औद्योगिक केन्द्रसँगै व्यवस्थित र समृद्ध सहरका रूपमा विकास गर्ने एमालेको लक्ष्य रहेको उल्लेख गरे।

सम्बन्धित पोस्टहरुः