वीरगंज, ४ फागुन । भिमफेदी कारागारबाट फरार भएका एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतबाट किर्ते/डाँका मुद्दामा ५ वर्ष ६ महिना कैद र रू. एक लाख जरिवाना तोकी भिमफेदी कारागार मकवानपुरमा रहेका बारा प्रसौनी गा.पा. वडा नं. ०१ बस्ने वर्ष २६ को बिशाल मुखियालाई इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ ।
बारा प्रसौनी गा.पा.वडा नं.०१ स्थित बिश्वकर्मा मेटल ईन्डस्ट्रिजबाट तामाको तार चोरी क्रममा मुखियालाई पक्राउ गरी बारा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद ७ (सात) दिन थप गरी अनुसन्धान कार्य भईरहेको जिप्रका, बाराले जनाएको छ ।








